मधेस प्रदेश समाचार

कुटपिट र चेक अनादर सम्बन्धी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, १८ जेठ । सप्तरी प्रहरीले फैसला कार्यान्वयनको क्रममा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

कुटपिट र चेक अनादरसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट फैसला भई फरार रहेका शिवा शर्मा र राजेश कुमार साहलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

कुटपिटको मुद्दामा सप्तरीको विष्णुपुर गाउँपालिका–४ का शिवा शर्मालाई ५ हजार रुपैयाँ जरिवाना र चेक अनादरको मुद्दामा सप्तरीको बोदेबर्साइन नगरपालिका–७ का राजेश कुमार साहलाई २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी सम्मानित सप्तरी जिल्ला अदालत राजविराजमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page