कोशी प्रदेश समाचार समाज

खोला बगरमा बालुवाले पुरेको अवस्थामा ११२० किलोग्राम गाँजा बरामद

सुनसरी, २१ जेठ । सुनसरी प्रहरीले खोला बगरमा बालुवाले पुरेको अवस्थामा ११ क्विन्टल भन्दा बढी गाँजा बरामद गरेको छ । 

सुनसरीको हरिनगर गाउँपालिका-५ र ६ स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाई छिपाई राखेको अवस्थामा १ हजार १ सय २० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको हो । 

मंगलबार खोला बगरमा गाँजा लुकाई राखेको छ भन्ने  विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंज र शसस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोली खटि गई कटान खोला बगरमा खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडेको अवस्थामा प्लास्टिकको ३८ वटा बोरामा प्याक गरी राखेको अवस्थामा उक्त गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।  

बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याईएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास तथा अन्य थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

You cannot copy content of this page