कञ्चनरूप, २१ जेठ । सप्तरी प्रहरीले फैसला कार्यान्वयनको क्रममा फरार रहेका चोरी मुद्दाका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
चोरी मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट फैसला भई फरार रहेका सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का धर्मेन्द्र शम्भु कुमार मुखिया भन्ने अमरेन्द्र मुखियालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
मुखियालाई अदालतले १ महिना ६ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
पक्राउ परेका उनलाई सम्मानित सप्तरी जिल्ला अदालत राजविराजमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

