भोजपुर, जेठ २१ गते । करेन्ट लागेर भोजपुरमा एक जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका-९ स्थितमा करेन्ट लागेर स्थानीय ४२ बर्षीय आङतेम्बा शेर्पाको मृत्यु भएको हो ।
मंगलबार अपरान्ह ३ बजे शेर्पाले पेम्बा छेउलिङ गुम्बामा काँचो बाँसमा झण्डा लगाई टाङने क्रममा उक्त बाँसले अचानक विद्युतीय लाईनमा छुन पुगि करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटना स्थलमा प्रहरी पुगि मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान तथा कानुनी प्रकृया भईरहेको प्रहरीले जनाएको छ ।

