समाचार

कोशी नदीमा तैरिएको अवस्थामा संखुवासभाका राईको शव फेला

कञ्चनरूप, २२ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-०१ स्थित कोशी ब्यारेजमा पानीमा मृत अवस्थामा तैरिदै रहेको अवस्थामा एक युवकको शव फेला परेको छ । 

बिहीबार साँझ ४ बजेको समयमा कोशी ब्यारेजको उतर पट्टिमा रहेको ५४,५५ र ५६ नम्बर ढोका खोल्ने क्रममा संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका ५ लुमसुन बस्ने बर्ष ३५ को राजेश राई पानीमा मृत अवस्थामा तैरिदै रहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

उक्त शव राजेश कै भएको उनको बहिनी कमला राईले पुष्टि गरेको प्रहरीले जनाएको छ । 

शवलाई आवश्यक प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि जनाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

परिवारजनका अनुसार राजेश केही दिनदेखि सम्पर्कविहीन रहेका थिए ।

   

You cannot copy content of this page