काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दाेस्राे जित निकालेकाे छ । स्कटल्याण्डको डुण्डीमा नेदल्याण्ड्सलाई ५ विकेटले हराउँदै नेपालले दाेस्राे जित निकालेकाे हाे । नेदल्याण्ड्सले ४९ दशमलव १ ओभरमा अल आउट हुँदै दिएकाे २ सय २६ रनको लक्ष नेपालले ४७ दशमलव १ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्याे ।
नेपालकालागि आरिफ शेखले ७ चौका र २ छक्काको मद्द्तमा सर्वाधिक ७८ रन बनाए । दिपेन्द्रसिंह ऐरीले ३८ रन बनाउँदा ओपनर कुशल भुर्तेलले २५ र आशिफ शेखले १९ रन जोडे ।
त्यसअिघ टस जितेर सुरूवाती ब्याटिङ गरेकाे डच टोलीका लागि नोआ क्रोजले सर्वाधिक ४८, कप्तान स्कट एर्डवाड्सले ४६ तथा विक्रमजित सिंहले ३८ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३, करण केसी, सन्दिप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए ।
नेदरल्याण्ड्स लिग टु तालिकामा २१ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा छ भने १४ खेलबाट नेपाल १० अंकसहित सातौं स्थानमा छ ।

