खगेन्द्र कार्की
फत्तेपुर। सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा शनिबारदेखि दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
सप्तकोसी नगरपालिकाको सहयोगमा सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरको सहआयोजनामा संचालित प्रतियोगिताको उद्घाटन सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालले प्रतियोगिताका निर्णायकलाइ म्याच बल हस्तान्तरण गर्नुभएको थियो ।
प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा धरान स्पोर्टिङ क्लब सुनसरी विजयी भएको छ । धरान स्पोर्टिङ क्लब सुनसरीले बैंगाडावर युवा क्ल्ब धनुषालाई ४-० गोल अन्तरले हराउँदै विजयी भएको हो । यससँगै धरान स्पोर्टिङ क्लव क्वाटर फाइनल प्रवेश गरेको छ ।
खेल शुरु भएको १४ औं मिनेटमा धरानका जर्सि नं ६ का सबिन राईले गोलको खाता खोलेका थिए भने २५ औं मिनेटमा धरानका जर्सि नं १७ का बिनोद राईले १ गोल, २८ औं मिनेटमा धरानका जर्सि नं १० का कृष्ण राईले १ गोल गरेर पहिलो हाल्पमा ३-० को अग्रता दिएलाएका थिए । धरानले दोस्रो हाल्पको अन्तिम समयमा धरानका जर्सि नं ६ का सबिन राईले थप १ गोल गर्दै धरानले ४-० गोलको फराकिलो अन्तरले धनुषालाई हराउँदै क्वाटर फाइनल प्रवेश गरेको छ। खेलको म्यान अफ द म्याच धरानका जर्सि नं ६ का सबिन राई घोषित भए ।
आइतबारको खेल बसाहा क्ल्ब उदयपुर र राष्ट्रिय जागृति क्ल्ब सुनसरी बिच हुने आयोजकले जनाएको छ ।
सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित दोस्रो सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगितामा धरान स्पोर्टिङ क्ल्ब सुनसरी,बैंगाडावर युवा क्ल्ब धनुषा,राष्ट्रिय जागृति क्ल्ब सुनसरी,बसाहा क्ल्ब उदयपुर , दमक फुटबल एकेडेमी झापा,गोलबजार स्पोर्ट्स क्ल्ब सिराहा ,गाइघाट युनाइटेड फुटबल क्ल्ब उदयपुर र आयोजक ११ गरि ८ वटा टिमहरुले सहभागिता जनाएको सप्तकोसी नगरखेलकुद बिकास समितिका अध्यक्ष सुरज खड्काले जानकारि दिनुभयो ।
प्रतियोगिताका बिजेता उपबिजेता टिमलाई क्रमशः २ लाख ७० हजार र १ लाख ३५ हजार नगदसहित ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ ।


