कञ्चनरूप, २६ जेठ । सप्तरी प्रहरीले नागरिकता मुद्धा र लेनदेन विगो मुद्धाका फरार दुई जना प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका २ का महाविर मण्डल र हनुमाननगर कंकालिनि नगरपालिका ७ की गुडिया देवी रहेका छन् ।
महाविरलाई नागरिकता सम्बन्धि मुद्धामा जिल्ला अदालत सप्तरीले १ वर्ष ५ महिना ३ दिन कैद सजाय सुनाएको थियो भने गुडिया देवीलाई लेनदेन विगो मुद्धामा १ महिना कैद सजाय सुनाएको थियो । फैसलापछि दुवैजना फरार थिए ।
गाउँघरमै लुकीछिपी बसेको अवस्थामा दुबै जनालाई सोमबार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सोमबार नै जिल्ला अदालत सप्तरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृत प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो ।

