समाचार समाज

कञ्चनरूपमा सुन सफा गर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

कञ्चनरूप, २७ जेठ । गाउँ–गाउँ पुगेर सर्वसाधारणको सुन सफा गरिदिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिक सप्तरीबाट पक्राउ परेका छन् । 

मंगलबार सप्तरीको कञ्चनरूप नगरपालिका १० स्थित भोडहा गाउँमा सुन ठगी गर्दैै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । स्थानीयवासीले दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिई मंगलबार प्रहरीमा बुझाएका छन् ।

पक्राउ पर्नेमा भारत घर बताउने प्रमोद शाह र उनका साथी रहेका इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । उनीहरू भारतको बदगम्मा क्षेत्रबाट आएको प्रहरीले जनाएको छ । 

भोडहा निवासी दुलेखा कर्णको घरमा ड्रमको कब्जा बनाइदिने बहानामा ती व्यक्तिहरू प्रवेश गरेका थिए । त्यसपछि उनीहरूले घरधनी महिलालाई सुन सफा गरिदिने भन्दै कानको सुन आफैँले निकालेर लुकाएका थिए र त्यसको सट्टामा नक्कली सुन फिर्ता दिएका थिए।

महिलालाई शंका लागेपछि सुन परीक्षणका लागि पठाइएको थियो, जसमा सुन नक्कली रहेको पीडितले बताउनुभयो । 

दुवै व्यक्तिलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page