काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ । स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्याण्डलाई १६ रनले परािजत गरेकाे हाे ।
यो श्रृङ्खलामा नेपालले ३ जित र एक हारकाे सुखद नतिजा निकाल्याे ।
टस जितेर पहिले ब्याटीङ गरेको नेपालले २३६ रन बनाएको थियो । जवाफी ब्याटीङमा नेदरल्याड्स २२० रनमै अलआउट हुन पुग्यो ।
नेपालका लागि डेब्यु गरेका खेलाडी नन्दन यादबले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा २९ रन दिएर ३ विकेट लिएका थिए ।
सिरिजका चार खेलमध्ये नेपाल तीन खेलमा विजयी भएको हो । स्कटल्याण्डविरुद्धको दोस्रो खेलमा नेपाल २ रनको झिनो अन्तरले पराजित भएको थियो ।
यससँगै लिगको अंकतालिकामा १६ खेलमा पाँचौ जित दर्ता गरेको छ । यद्यपी आठ टिममध्ये नेपाल सातौं स्थानमा छ ।

