कञ्चनरूप, ३० जेठ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ अर्नाहा स्थित हुलाकी सडक खण्डमा कन्टेनरले दिएको ठक्करबाट माेटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कबिलासाका बर्ष ३५ को मनोज चौधरीको मृत्यु भएको हो ।
शुक्रबार बिहान बोदेबर्साईनबाट राजबिराज तर्फ आउँदै गरेको ना ३ ख ४५३१ नम्बरको कन्टेनर ट्रकले स ६ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हाे ।
ठक्करले मोटरसाइकल चालक चौधरीको कन्टेनर ट्रकको तल किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतक चौधरीको शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
कन्टेनर चालक जिल्ला काभ्रे पाँचखाल नगरपालिका वडा नं.६ बस्ने बर्ष ५६ को गोपालनाथ राईलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

