इनरुवा, जेठ ३० गते । सुनसरीको इनरुवा नगरपालिका- ८ स्थितमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वल्र्डलिङ्क नेटका कर्मचारी इटहरी उप-महानगरपालिका-१४ का २६ वर्षीय मुकेश कुमार चौधरी रहेका छन् ।
बिहीबार दिउँसो साढे १२ बजे सोहि स्थानमा वल्र्डलिङ्कको तार जडान गर्ने क्रममा उक्त नेटका कर्मचारी मुकेश कुमार अचानक करेन्ट लागि घाइते भएका थिए ।
घाइते उनलाई जिल्ला अस्पताल सुनसरी इनरुवामा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

