इटहरी, ३१ जेठ । मोरङको सुन्दरहरैंचामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।
शनिबार बिहान सुन्दरहरैंचा–७ गोठगाउँमा माछा मार्ने क्रममा करेन्ट लागेर ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मदेली खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरूले पोलबाट हुक जोडेर खोलामा करेन्ट लगाएका थिए ।
शव पोस्टमार्टमका लागि धरान पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

