कञ्चनरूप, ३ असार । सप्तरी प्रहरीले लागु औषध गाँजा सम्बन्धी कसूरमा एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी साबिक भारदह गाविस वडा नं.१ हाल हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१ बस्ने बर्ष ३५ को बुधन भन्ने जोगानन्द मण्डल रहेका छन् ।
प्रहरीले मिति २०७१/०९/१४ गते साँझको समयमा जिल्ला सप्तरी हनुमाननगर कंकालिनी न.पा. वडा नं. १ स्थित कोशी ब्यारेजको गोल घर देखी अं. ५०० मिटर उत्तर पूर्व कोशी भंगालको पुर्व टापुको एकान्त स्थानमा बालुवामा खाल्डो खनि लागु औषध गाँजा जस्तो देखिने वस्तु रहेको बोराहरू लुकाई छिपाई बालुवा भित्र पुरी राखेको अवस्थामा फेला पारी बालुवा भित्रबाट खनि निकाली हेर्दा २७ (सताईस) बोरा रहेको तौल गर्दा ८१० ( आठ सय दश) गाँजा बरामद गरेको थियो ।
मण्डललाई इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले मिति २०८२।०३।०१ गते अं. २१:०० बजेको समयमा पक्राउ गरेको हो ।
पक्राउ परेका मण्डललाई लागु औषध गाँजा सम्बन्धी कसूरमा सम्मानित सप्तरी जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप भै अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेत जानकारी दिनुभयो ।
निज प्रतिवादी माथी लागेको अन्य मुद्दाहरुको समेत थप अनुसन्धान तथा बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तो छ घटना :
मण्डलले बालुवा भित्र ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा खटीएको प्रहरी टोलिले ऐ. १९:३० बजेको समयमा खोजतलाश गर्दा सोही कोशी टापुको बालुवामा खाल्डो खनि लागु औषध गाँजा जस्तो देखिने वस्तु रहेको बोराहरू लुकाई छिपाई बालुवा भित्र पुरी राखेको अवस्थामा फेला पारी बालुवा भित्रबाट खनि निकाली हेर्दा २७ (सताईस) बोरा रहेको तौल गर्दा ८१० ( आठ सय दश) कि. लो. रहेको, उक्त लागु औषध गाँजा जस्तो देखिने वस्तु रहेको बोराहरूलाई रितपुर्वक बरामद गरी अनुसन्धानको क्रममा लागु औषध गाँजा सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला सप्तरी हनुमाननगर कंकालिनी न.पा.वडा नं.१ बस्ने अं.बर्ष ३५ को बुधन भन्ने जोगानन्द मण्डललाई जिल्ला सप्तरी हनुमाननगर कंकालिनी न.पा. वडा नं. १ इलाका प्रहरी कार्यालय भारदह सप्तरी अगाडी सडक खण्डमा खटिएको प्रहरी चेकिङ्ग टोलीले मिति २०८२।०३।०१ गते अं. २१:०० बजेको समयमा पक्राउ गरी लागु औषध गाँजा सम्बन्धी कसूरमा सम्मानित सप्तरी जिल्ला अदालत बाट दिन ७ (सात) म्याद थप भै अनुसन्धान भई रहेको । साथै निज प्रतिवादी माथी लागेको अन्य मुद्दाहरुको समेत थप अनुसन्धान तथा बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

