कञ्चनरूप, ५ असार । सप्तरी प्रहरीले लागूऔषध गाँजा मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १३ का ५१ वर्षीय जयनारायण यादव भनिने भोला यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालतले उक्त मुद्दामा यादवलाई १० महिना ४ दिन कैद सजाय तोकिएको छ ।
सप्तरी जिल्ला अदालत राजविराजबाट लागूऔषध गाँजा कारोबार मुद्दामा वरदात पश्चात् फरार रहेका यादवलाई बिहीवार नै सप्तरी जिल्ला अदालत दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

