समाचार

मिटरब्याज सम्बन्धि कार्य अब जिल्ला प्रशासन कार्यालयबाट सञ्चालन हुने

काठमाडौंको टौदहमा खेल्दै गरेको सर्प

कञ्चनरूप, ५ असार । जिल्ला प्रशासन कार्यालय सप्तरीले अब जिल्ला भित्र हुने अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सम्पूर्ण उजुरी छानबिन तथा फछ्र्यौट कार्यहरु जिल्ला प्रहरी कार्यालय मार्फत नभई प्रशासन कार्यालयबाटै सञ्चालन गरिने जनाएको छ ।

बिहीबार एक सूचना प्रकाशित गर्दै प्रशासन कार्यालयले अब उप्रान्त केहि दिन भित्र अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सम्पूर्ण कार्यहरु जिल्ला प्रशासन कार्यालयमार्फ सञ्चालन हुने जानकारी गराएको हो । 

सूचना अनुसार, अब जिल्ला भित्र लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी, छलफल, छानबिन र फर्छयौट गर्ने सम्पूर्ण प्रक्रिया प्रशासन कार्यालयमार्फत सहज रूपमा सञ्चालन हुनेछ ।

यसअघि अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी सम्पूर्ण कार्यहरु जिल्ला प्रहरी कार्यालय सप्तरीबाट हुँदै आएको थियो ।

   

You cannot copy content of this page