समाचार

पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति अक्षयकोषद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

कञ्चनरूप , ६ असार । पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति अक्षयकोषले शुक्रवार सर्वोदय माध्यमिक विद्यालय कञ्चनरूप–८ कञ्चनपुर सप्तरीमा तेस्रो छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा २०८१ सालको वार्षिक परीक्षामा कक्षा ९ बाट १० मा जादा सर्वोत्कृष्ट अंक ल्याई उतिर्ण हुने छात्र राहुल शर्मा , छात्रा अनिसा चौधरीलाई जनही नगद रु. ७ हजार र प्रमाणपत्र, नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने छात्रा सन्ध्या लेखिलाई नगद ३ हजार रुपिया ,प्रमाणपत्र, कक्षा ८ बाट ९ मा जाँदा सर्वोत्कृष्ट अंक ल्याई उतिर्ण हुने छात्र भुपेन्द्र मण्ड! र छात्रा पुर्णिामा चौधरीलाई जनही नगद ५ हजार रुपियाँ र प्रमाणपत्र, नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने छात्र गजित सेठलाई नगर ३ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरी छात्रवृत्ति वितरण गरिएको थियो ।
त्यसैगरी कक्षा ७ मा उत्कृष्ट अंक ल्याइ उतिर्ण हुने छात्र असोक चौधरी , छात्रा पुर्णिामा चौधरी र नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने छात्रा सक्षम यादव लाई जनही नगद २ हजार र प्रमाणपत्र प्रदान गरि छात्रवृत्ति वितरण गरिएको थियो ।
पण्डित आचार्यका छोराहरु विश्वमणी आचार्य, श्याम मणि आचार्य र मधुसुदन आचार्यले बुवाको नाममा २०७८ सालमा रु. ५ लाखको अक्षयकोषको स्थापना गर्नु भएको थियो।
पाण्डित आचार्य सर्वोदय माध्यमिक विद्यालय स्थापना भएको २०१३ सालदेखी २०४४ सालसम्म सोही विद्यालयमा शिक्षक भई नेपाली र संस्कृत विषयमा अध्यापन गराई सेवाप्रदान गर्नु भएको थियो।
सो कार्यक्रममा वोल्दै पुर्व प्रधानाध्यापक तथा शिक्षाप्रेमी तिर्थराज पोखरेलले शिक्षा क्षेत्रको स्तरउन्नती नभएसम्म मानिस‌को जीवन अन्धकार हुने बताउनु भयो ।
उहाँले इच्छाशक्ति , दिशा निर्धारण , समर्पण र अनुशासनलाई आत्मसात गर्दै अगाडि बढेमा विद्यार्थीको भविस्य उज्वल हुने बताउनुभयो ।
द्वारिका आचार्य एकता समाजका अध्यक्ष चक्रप्रासाद आचार्यले गरिव , दलित , बिपन्न छात्रछात्राहरुको शिक्षामा पहुँच होस भन्ने उदेश्यका साथ कोषको स्थापना गरिएको बताउनुभयो ।
वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण प्रसाद साह ,विद्यालयका प्रधानाध्यापक तारानन्द मल्लिक ,सदस्य मंजु सरबरिया , अक्षय कोषका सचिव देवेन्द्र गुप्ता, द्वारिका आचार्य एकता समाजका पूर्व अध्यक्ष नवराज आचार्य, कोषाअध्यक्ष राम प्रसाद आचार्य , लेखा संयोजक प्रकाश आचार्य ,शिक्षक रमानन्द यादव अभिभावक बिरेन्द्र लेखी ,विद्यार्थी राहुल शर्मा , सन्ध्या लेखी लगायतका वक्ताहरूले पण्डित आचार्य प्रति उच्च कदर गर्दै अक्षय कोष स्थापना हुनु समाजका लागि उदाहरणीय कार्य रहेको बताउनु भएको थियो ।
द्वारिका आचार्य एकता समाजका केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य उत्तम आचार्यले स्वागत गर्नु भएको थियो भने अक्षय कोषका सचीव देवेन्द्र प्रसाद गुप्ताले कार्यक्रम संचालन गर्नु भएको थियो ।
पण्डित चक्रप्रसाद आचार्यले २०१३ सालदेखि २०४४ सालसम्म सर्वोदय माध्यमिक विद्यालयमा शिक्षक रही संस्कृत र नेपाली विषयमा अध्यापन गराउनु भएको थियो । उहाँ नाम चलेको ज्योतिषी समेत हुनुहुन्थ्यो । उहाँको २०५० सालमा स्वर्गारोहण हुनुभएको थियो ।
कोषका अध्यक्ष बिश्वमणी आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

You cannot copy content of this page