झापा, ७ असार । झापाबाट १ थान पेस्तोल र २ थान खुकुरी सहित भारतीय नागरीक पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बेलुका मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्क स्थितबाट एक थान पेस्तोल र दुई थान खुकुरी सहित भारत वेष्टबंगाल सिलिगुढीका ३५ बर्षीय जय प्रकाश कुमार पाठकलाई पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षक राजन लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले डब्लु बि ७० जि ३२३२ नम्बरको कारलाई नियन्त्रणमा लिई चेकजाँचको क्रममा कारको सिट मुनी लुकाई छिपाई राखेको मेक इन इन्डिया लेखिएको कालो रंगको म्याग्जिन सहितको एयर पेस्तोल-१ थान, एयर वुलेट-५ राउण्ड, खुकुरी-२ थान बरामद गरेको हो ।
अवैध हतियार सहित पक्राउ परेका पाठकको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

