मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

१ थान पेस्तोल र  २ थान खुकुरी सहित भारतीय नागरीक पक्राउ

झापा, ७ असार । झापाबाट १ थान पेस्तोल र  २ थान खुकुरी सहित भारतीय नागरीक पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बेलुका मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्क स्थितबाट एक थान पेस्तोल र  दुई थान खुकुरी सहित भारत वेष्टबंगाल सिलिगुढीका ३५ बर्षीय जय प्रकाश कुमार पाठकलाई पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षक राजन लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले डब्लु बि ७० जि ३२३२ नम्बरको कारलाई नियन्त्रणमा लिई चेकजाँचको क्रममा कारको सिट मुनी लुकाई  छिपाई राखेको मेक इन इन्डिया लेखिएको कालो रंगको म्याग्जिन सहितको एयर पेस्तोल-१ थान,  एयर वुलेट-५ राउण्ड, खुकुरी-२ थान बरामद गरेको हो । 

अवैध हतियार सहित पक्राउ परेका पाठकको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page