मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

करेन्ट लागेर विद्युतका कर्मचारी बस्नेतको मृत्यु

सोलुखुम्बु, असार ८ गते । विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु भएको छ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-११ घुन्सा नुनथला स्थितमा करेन्ट लागेर एक जना विद्युतको कर्मचारीको मृत्यु भएको हो  । 
शनिबार दिउँसो विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर सोलु दुधकुण्ड-७ भित्ताखर्क का ३५ बर्षीय रविन बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागि गम्भिर घाईते भएका बस्नेतलाई उपचारकोलागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बु लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालमा  मृत्यु भएको प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page