मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर, असार ८ गते । झापाबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा कार चालक काठमाण्डौ महानगरपालिका-२६ का २४ वर्षीय निवेश कुँवर र कारमा सवार लमजुङ की २२ वर्षीया नोजिना राना मगर रहेका छन् । 
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो भद्रपुर नगरपालिका-५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश ०१-०३० च ७७९३ नम्बरको कारलाई चेकजाँचको क्रममा कारको सिट मुनी लुकाएर ल्याउदै गरेको ४७ ग्राम ६ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । 
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page