राजबिराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर २ लौनियामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लौनियाबाट माटो भरी दमावतीतर्फ जाँदै गरेको स १ त ६७०० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा स्थानीय ललित देव साहको ३८ वर्षीय छोरा देवेन्द्र प्रसाद साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माटो भरी पश्चिम नहर तर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई पल्टिदा देवेन्द्र गम्भीर घाइते भएका थिए । घाइते भएका उनको तत्काल उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको मा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शव परिक्षणको लागि अस्पतालमै रहेको र ट्याक्टर नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

