समाचार

सप्तरीका एसपी खतिवडाको सरुवा, नयाँ एसपीमा गौतम केसी आउँदै  

राजविराज, ९ असार । सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार सप्तरीका एसपी खतिवडाको सरुवा गरेको हो  । 

एसपी खतिवडाको बागमती सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

उहाँको ठाउँमा काजमा गौतम केसीलाई जिम्मेवारी दिइएको छ । नयाँ जिम्मेवारी पाएसँगै एसपी केसीले अब मधेश प्रदेशको सीमावर्ती जिल्ला सप्तरीमा शान्ति सुरक्षाको जिम्मा लिनुहुने छ ।

सीमामा हुने अवैध कारोबार, लागुऔषध ओसारपसार, मानव तस्करी तथा सीमापार अपराध नियन्त्रण गर्नु उहाँका लागि प्रमुख चुनौती हुने विश्लेषण गरिएको छ ।

   

You cannot copy content of this page