समाचार

सर्पले टोक्दा जाजरकोटमा ८ वर्षीया बालिकाको मृत्यु

जाजरकोट, ९ असार । जाजरकोटमा विषालु सर्पले टोक्दा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा भेरी नगरपालिका-६ गगटियाका जय बहादुर शाहीकी ८ वर्षीया छोरी दीक्षा शाही रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोमबार बिहान घरमै सुतिरहेको अवस्थामा बालिकालाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि बेहोस भएकी उनलाई उपचारका लागि जाजरकोट अस्पताललगिएको थियो।
गम्भीर अवस्थामा रहेकी ती बालिकाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

   

You cannot copy content of this page