कञ्चनरूप, १० असार । सप्तरीको कञ्चनरूप ३ तत्मा टोलमा झुण्डीएको अवस्थामा एक वृद्धको शव फेला परेको छ ।
कञ्चनरुप नगरपालिका–३ तत्मा टोलका ७३ वर्षीय मोहन साह मंगलबार बिहान आफ्नै गाईगोठमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ।
मंगलबार बिहान ०३;३० बजेको समयमा वृद्ध आफ्नै टिनको छानो भएको गाई गोठमा काठको बलोमा नाईलनको डोरी घाँटीमा पासो लगाई झुण्डी मृत अबस्थाम फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
जानाकरी प्राप्त हुन साथ प्रसनिको टोली खटिगइ घट्ना स्थल सुरक्षित राखेको र हाल मचुल्का कार्य सम्पन्न गरी पोष्टमारटमको लागि राजविराज पठाउन लागिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो |

