समाचार

कञ्चनरूप-६ परेमारामा स्कुटरको ठक्करबाट साइकलयात्री खंग घाइते

कञ्चनरूप, ११ असार । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ६ परेमारा स्थित फत्तेपुर कंचनपुर सडक खण्डमा स्कुटरले साइकललाई ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन् । 

बुधबार साँझ ७:४० बजेको समयमा फत्तेपुर कंचनपुर सडक खण्डमा स्कुटरको ठक्करबाट स्थानीय ५५ वर्षीय साइकल यात्री लुटाई खंग घाइते भएका हुन । 

फत्तेपुरबाट कंचनपुर तर्फ जादै गरेको प्र१-०२ प ६१८६ नं.को स्कुटरले सोहि दिशा तर्फबाट आउँदै गरेको साइकल यात्री खंगलाई ठक्कर दिएको थियो । 

प्रहरीका अनुसार खंगको खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ । 

स्कुटर चालक शम्भुनाथ नगरपालिका ९ बस्ने बिजल चौधरीको छोरा बर्ष २३ को अशोक चौधरी समेत घाइते भएका छन । उनको अनुहार र खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

दुबै जनाको कञ्चनरूप-१२ स्थित स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

स्कुटर र साईकल प्रहरी चौकी धरमपुर (बन्द्रा) को नियन्त्रणमा रहेको छ ।

   

You cannot copy content of this page