शिक्षा समाचार

कञ्चनरूपको लिटिल फ्लावर स्कुलको उत्कृष्ट नतिजा, ऋषि बस्नेतको ४ जीपीए

उत्सव आचार्य 

कञ्चनरूप, १४ असार । सप्तरीको कञ्चनरूप  नगरपालिका वडा नम्बर १२ स्थित रहेको लिटिल फ्लावर सेकेण्डरी बोर्डिङ स्कुल रुपनगरका छात्र ऋषि बस्नेतले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए हासिल गर्दै शैक्षिक उत्कृष्टता प्रदर्शन गरेका छन् ।

स्कुलका प्रिन्सिपल शान्त अधिकारीका अनुसार यस वर्ष स्कुलका १६ जना विद्यार्थीहरु मध्ये ९ जनाले ए प्लस, ७ जनाले ए ग्रेड हासिल गरेका छन् ।

ऋषि बस्नेत अध्ययनमा मात्र होइन खेलकुद लगायत अन्य अतिरिक्त क्रियाकलापमा पनि सक्रिय र सफल विद्यार्थी रहेका छन् ।

विद्यालयले विद्यार्थीको यस सफलतालाई विद्यार्थी, अभिभावक र शिक्षकहरूको सहकार्य र परिश्रमको प्रतिफल भनेको छ ।

   

You cannot copy content of this page