समाचार

सप्तरीको जण्डोलमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला

कञ्चनरूप, १४ असार । सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका १ जण्डोलमा शुक्रबार राती झुन्डिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । स्थानीय किसन चौधरीको छोरी अन्दाजी बर्ष १७ की पार्वती कुमारी चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

शुक्रबार राती २२:३० बजेको समयमा आफ्नै घरको सुत्ने कोठाको सेलिङ पंखामा सलको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा किशोरीको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

इलाका प्रहरी कार्यालय महुलीमा राती ११ बजे किशोरी झुन्डिएको बारे जानकारी प्राप्त हुनसाथ प्रहरी अनुसन्धान टोली खटी घटना स्थल मुचुल्का पुरा गरि किशोरीको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको प्रहरीले जनाएको छ । 

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page