कञ्चनरूप, १६ असार । सप्तरी प्रहरीले चोरी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोरी मुद्दाका प्रतिवादी राजबिराज नगरपालिका वडा नम्बर १५ का प्रमोद भन्ने कारी यादब र राजविराज नगरपालिका वडा नम्बर १३ का दिपेन्द्र कुमार देवलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत राजबिराजबाट चोरी मुद्दामा यादवलाई एक महिना ६ दिन र देवलाई २७ दिनको कैद पश्चात उनीहरु फरार भएका थिए ।
फैसला कार्यान्वयनको सिलसिलामा फरार दुबै जनालाई खोजतलासका क्रममा पक्राउ गरी सोमबार जिल्ला अदातल राजबिराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

