समाचार

बरमझियामा यात्रुबाहक बसको ठक्करबाट एक बालकको मृत्यु

कञ्चनरूप, १७ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. २ बरमझियामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । दुर्घटनामा कञ्चनरुप २ बस्ने रोजित शेखका ८ वर्षीय छोरा आयन शेखको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । 

बिरगंजबाट विराटनगरतर्फ गइरहेको को १ ख ५४३८ नम्बरको यात्रुबाहक बसले सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो । 

इलाका प्रहरी कार्यालय कञ्चनपुरले घटनाको जानकारी दिउँसो २ बजे प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटि अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनापछि बस र बस चालक सुनसरी, इटहरी उपमहानगरपालिका–५ का ४५ वर्षीय मनोरथ पोखरेललाई इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा लिइएको छ ।

आक्रोशित स्थानीयले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर स्थानीयलाई सम्झाइबुझाइ गर्दै बाटो खुलाएको थियो ।

बालकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page