राजविराज, १९ असार । सप्तरी प्रहरीले विभिन्न स्थानबाट अटो सहित ५ लाख भन्दा बढीको अवैध सामान बरामद गरेको छ ।
गत मंगलबार विष्णुपुर गाउँपालिका वडा नम्बर ५ विष्णुपुर चौक र तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ५ कुशहा चौक स्थितबाट अटो सहित उक्त मुल्य बराबरको सामानहरु नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि तथा चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा विष्णुपुर चौक स्थितबाट ४५ हजार ७ सय मुल्य बराबरको बोल बमको टिर्शट (भेष्ट) १६ थान, बोल बमको हाफ पाईन्ट १० थान, लेडिज दुपट्टा सय थान, लेडिज कुर्ता सुरुवाल १० थान, बच्चाको गोलो टोपी ५० थान, लाईट बल्ब सय थान र लेगिज ६० थान बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही दिन ४ बजेको समयमा कुशहा चौक स्थितबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी मधेश प्रदेश ०१–००१ ह १४१९ नम्बरको अटोमा लोड गरी ल्याउदै गरेको अवस्थामा प्रहरीहरुलाई देखी अटो र बोराहरु सोही स्थानमा छाडी मानिस फरार भएको प्रहरीले जानकारी दिएको छ ।
वेवारिसे अवस्थामा रहेको उक्त अटो र बोराहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा सो बोरा भित्र सुतीको साडी ३७ थान, साडी २३ थान, लेडिज कुर्ता सुरुवाल १८८ थान र मधेश प्रदेश ०१–००१ ह १४१९ नम्बरको अटो एक थान गरी कुल ५ लाख १७ हजार ९ सय मुल्य बराबरको सामानहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
बरामद भएको उक्त सामानहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाईएको तथा अटो चालकको खोजी कार्य भइरहेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताउनुभयो ।


