काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ। सिङ्गापुरलाई २ विकेटले हराउँदै साविक विजेता नेपालले उपाधि रक्षा गरेको हो ।
मलेसियाको युकेएम वाइएसटी ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलाउट भएको थियो।
मलेसियाले दिएको ११४ रनको विजय लक्ष्य पछाएको नेपालले २९ ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाउँदै पूरा गरेको हो।
नेपालका लागि जोई थापाले सर्वाधिक २४ रनमा अविजित रहे। उनले ५३ बलमा तीन चौका प्रहार गरे। उनीसँगै अभय यादव १२ बलमा १० रन बनाउँदै अविजित रहे ।
मलेशियामा भएको यस प्रतियोगिताभर नेपाल अपराजित रह्यो ।
एसीसी यू–१६ इस्ट जोन कपको व्यक्तिगत विधातर्फको सम्पूर्ण पुरस्कार विजेता टोली नेपालका खेलाडीले जितेका छन्।
फाइनल खेलको प्लेयर अफ दि अभय यादव भएका छन्। यस्तै अभयले नेपालका लागि ३ विकेट लिए।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रौनक श्रीवास्तव घोषित भए। उनले प्रतियोगितामा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका छन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका रौनक उत्कृष्ट ब्याटर पनि घोषित भए।
उत्कृष्ट बलर नेपालका कप्तान विपिन प्रसाद शर्मा घोषित भए। उनले प्रतियोगिताका ६ खेलमा कुल १७ विकेट लिए। नेपालका अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

