कञ्चनरूप, २१ असार । रास्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति एवं सांसद स्वर्णिम वाग्लेले ठुला दलले ठोस नीति ल्याउन नसकेकोले हामीले जनताको मर्मलाई बुझेर नयाँ पार्टी खोलेको बताउनुभयो ।
शनिबार सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित रुपनगरमा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै वाग्लेले सो कुरा बताउनुभएको हो ।
जनताको अपार मायाले पार्टी अगाडि बढी रहेको र रास्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएपछि ठुला पार्टीका नेताहरू तिलमिलाएको उहाँले भन्नुभयो ।
उहाँले हामी झुटा आश्वासन दिदैनौ भन्नुभयो, हामीले तिरेको करबाट जनताले सरल तरिकाले सेवा सुविधा पाउनुपर्ने हाम्रो माग हो ।
पार्टी अध्यक्ष रवि लामिछानेलाई राज्यले प्रतिशोध साधेर थुनामा राखेकोमा दु:ख व्यक्त गर्नुभयो ।
फोहोरी दलका बिटुलिएका नेताहरुको फेरिपनी दौराको फेर समाउदै हिड्नु नपरोस भनेर हामी अभियानमा हिडेको वाग्लेले भन्नुभयो ।
पार्टीको प्रवक्ता एवं सांसद मनिष झाले नेपालको सबै जिल्लालाई आँप खुवाउने सप्तरी जिल्लाको रुपनगरमा कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै धेरै सम्भावना भएको जिल्ला भएर पनि पछाडि पर्नु अत्यन्तै दुःखद् पक्ष रहेको बताउनुभयो ।
सप्तरीको पहिचानको रुपमा रामराजा प्रसाद सिंह र गजेन्द्रनारायण सिंह रहेको चर्चा गर्दै यस्तो ठाउँमा आज किन भ्रमको राजनीति हुदैछ भनेर प्रश्न गर्नुभयो ।
सहिद परिवारको जीवन स्तर उकास्नुको साटो भैंसी उपहार दिएर कसरी ठगी रहेका छन त्यस तर्फ हामीले बुझ्न जरुरी रहेको बताउनुभयो ।
केन्द्रिय सदस्य एवं सांसद असोक चौधरी , केन्द्रिय सदस्य डा. बिमल तिवारी , मधेस प्रदेशका सभापति एवं केन्द्रिय सदस्य तपेश्वर यादव , केन्द्रिय सदस्य डा . नन्दन यादव लगायतका वक्ताहरूले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
स्वागत मन्तव्य शम्भु बहादुर खड्काले गर्नुभएको थियो भने जिल्ला भेला आयोजक समितिका संयोजक अरुण कुमार देवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

