मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

ससुराली परिवारका ४ जना सदस्यको हत्यामा संलग्न ज्वाईं पक्राउ

भोजपुर, २२ असार । भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ धोत्लेखानी स्थितमा ज्वाइले ससुराली एकै घर परिवारका चार जनालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेका छन् । हत्यामा संलग्न भोजपुर नगरपालिका-२ का ३० बर्षीय राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।  

असार २२ गते राती ११ बजे राईले बेल बहादुर गिरी, मन्जु गिरी, मनिषा गिरी र श्रवण गिरीलाई विवादको क्रममा धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका थिए । 

घटनाको जानकारी प्राप्त हुना साथ नजिकमा रहेको अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न राईलाई रामप्रसाद राई गाउँपालिका-१ हर्वु भञ्ज्याङ स्थितबाट पक्राउ गरेको हो ।

 घटना स्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले घरको एउटै कोठामा चारै जनालाई छुरा प्रहार गरी हत्या गरेको अवस्थामा फेला पारेको थियो । 

घटना स्थलको कानूनी प्रकृया पुरा गरी चार वटै शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल भोजपुर पठाईएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page