समाचार

कोशी ब्यारेज स्थित पश्चिम सिचाई नहरमा एक पुरुषको शव फेला 

कञ्चनरूप, २२ असार । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-०१ कोशी ब्यारेज स्थित पश्चिम सिचाई नहरमा आइतबार एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । हाल नामथर वतन नखुलेको अन्दाजी बर्ष ५०/५५ को जस्तो देखिने पुरुष व्यक्तिको शव मृत अवस्थामा फेला परेको हो ।

आइतबार दिउँसो ४ बजेको समयमा कोशी ब्यारेज स्थित पश्चिम सिचाई नहरमा फलामको ढोकामा अड्की मृत अवस्थामा रहेको भन्ने खबर प्रहरीलाई  जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय भारदहबाट प्रहरी वरिष्ठ नायव निरीक्षक गोबिन्द घिसिङको कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखेको थियो । इलाका प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले उक्त शवलाई बाहिर निकालेका थिए । 

मृतक पुरुषको शव जाच मुचुल्का लगाएत सम्पुर्ण कानुनि प्रकृया पुरा गरी पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिहं अस्पताल पठाईएको तथा थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page