झापा, २४ असार । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट १ थान एयर पेस्तोल सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङका २५ बर्षीय प्रतिक अग्रवाल रहेको झापा प्रहरीले जनाएको छ ।
मंगलबार बिहान पौने ९ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची भन्सार कार्यालयको परिसर भित्र सवारी साधन तथा यात्रु समेतको चेकजाँच गर्ने क्रममा डब्लु बि ७४ ए जे ०४०० नम्बरको स्कुटरको डिकी भित्र लुकाई छिपाई राखेको अवस्थामा एयर पेस्तोल १ थान, उक्त पेस्तोलमा लाग्ने मेटल बुलेट १८ राउण्ड र ४ थान मोबाईल बरामद गरेको हो ।
अवैध हतियार सहित पक्राउ परेका अग्रवालको आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

