मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

१ थान एयर पेस्तोल र १८ राउण्ड बुलेटसहित भारतीय नागरिक पक्राउ 

झापा, २४ असार । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट १ थान एयर पेस्तोल सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङका २५ बर्षीय प्रतिक अग्रवाल रहेको झापा प्रहरीले जनाएको छ । 

मंगलबार बिहान पौने ९ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची भन्सार कार्यालयको परिसर भित्र सवारी साधन तथा यात्रु समेतको चेकजाँच गर्ने क्रममा डब्लु बि ७४ ए जे ०४०० नम्बरको स्कुटरको डिकी भित्र लुकाई छिपाई राखेको अवस्थामा एयर पेस्तोल १ थान, उक्त पेस्तोलमा लाग्ने मेटल बुलेट १८ राउण्ड र ४ थान मोबाईल  बरामद गरेको हो । 

अवैध हतियार सहित पक्राउ परेका अग्रवालको आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page