समाचार

सप्तरी प्रहरीद्वारा चोरी मुद्दाका फरार प्रतिवादी मण्डल पक्राउ

कञ्चनरूप, २५ असार । चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई सप्तरी प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजगढ गाउँपालिका वडा नम्बर ४ का रमेश कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
सम्मानित सप्तरी जिल्ला अदालत राजबिराजले चोरी मुद्दामा मण्डललाई ३ महिना कैद र ५ हजार जरिवाना वरदात पश्चात् उनी फरार भएका थिए ।
खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी टोलीले उनलाई प्रकाउ गरेको हो ।
पक्राउ परेका मण्डललाई जिल्ला अदालत राजबिराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page