कञ्चनरूप, २७ असार । सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुर खोरियाटोलमा बिहीवार साँझ फलामको गेटले किचेर ४ वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय सञ्जिव कटुवालका ४ बर्षिय छोरा समर जङ कटुवालको मृत्यु भएको हो।
बिहीबार साँझ ५:३० बजेको समयमा साथीहरूसँग खेल्ने क्रममा घरको आँगनमा रहेको फलामको गेट अचानक लड्दा किचेर समिर गम्भीर घाईते भएका थिए । घाइते बालकको स्थानिय क्लिनिक फत्तेपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगर स्थित बिराट टिचिङ अस्पताल लगिएको मा चेकजाँच चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
बालकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

