समाचार

काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना, २९ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो ।
लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ । गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ । बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page