राजबिराज, २९ असार । सामाजिक संजाल टिकटक (TikTok) को लाइभ ( Live) मा अभ्रद गाली गलौज गर्ने एक जना महिलालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उप-महानगरपालिका वडा नम्बर २४ बस्ने मोतिन शेखको छोरी वर्ष २० की रोशनी खातुन रहेको धनुषा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले रोशनीलाई समाजिक संजाल (TikTok) को Live मा अभ्रद गाली गलौज अपशब्दहरु प्रयोग गरेकोले सामाजिक संजालमा अन्य व्यक्तीमा समेत नकरात्मक असर पर्ने देखिएको हुदा निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी रोशनीलाई अभ्रद्र व्यवहार मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखि अन्य अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

