कोशी प्रदेश समाचार

मोरङ प्रहरीद्वारा ३ हजार १५० किलो गाँजासहित ट्रक नियन्त्रण

बिराटनगर, २९ असार  । मोरङको कटहरीबाट प्रहरीले ३ हजार १ सय ५० किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

शनिबार राति कटहरी गाउँपालिका-३ कटहरी चोक स्थितबाट प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. १ ख ४५१८ नम्बरको ट्रकबाट १ सय ५ वटा बोरामा प्याक गरी राखेको ३ हजार १ सय ५० किलोग्राम गाँजा बरामद गरेको हो ।

बरामद गरीएको गाँजा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याईएको छ भने ओसार पसारमा संलग्न ब्यक्तीहरुको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page