समाचार

धान चोरी मुद्दाका फरार प्रतिवादी संतोष पक्राउ

कञ्चनरूप, ३० असार । धान चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन  नगरपालिका ८ का संतोष राम रहेका छन् । 

धान चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट दुई महिना कैद र २ हजार रुपैया जरिवाना तोकिएपछि राम फरार रहेका थिए । 

रामलाई खोजतलास गर्ने क्रममा फेला पारी सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।  

   

You cannot copy content of this page