अर्थतन्त्र समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति पर्छ लिटरको ?

कञ्चनरूप, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल/मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।

सार्वजनिक नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

   

You cannot copy content of this page