बिराटनगर, ३१ असार । खोटाङमा मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहपोखरी गाउँपालिका ४ कि २५ वर्षीया इन्द्रा राई रहेको खोटाङ प्रहरीले जनाएको छ ।
सोमबार राति ९ बजेको समयमा चार्जमा राखेको मोबाइल फोन निकाल्ने क्रममा करेन्ट लागेर इन्द्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

