समाचार समाज

सप्तरी : मोटरबाट खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर वृद्धाको मृत्यु

कञ्चनरूप,०३ साउन । सप्तरीमा मोटरबाट खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ । शनिबार बिहान सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ४ टेङ्ग्रीमा करेन्ट लागेर स्थानीय ७० वर्षीया उर्मिला देवी यादबको मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । 

विहान ७ बजे धान  खेतमा पानी सुकेपछी मोटरबाट खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

मृतक वृद्धाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

   

You cannot copy content of this page