मधेस प्रदेश समाचार समाज

राजविराजबाट लागु औषध गोटी र गाँजा सहित कार्की पक्राउ

कञ्चनरूप, ५ साउन । सप्तरीको राजविराजबाट लागु औषध गोटी र गाँजा सहित एक जना युवक पक्राउ परेका छन् । राजविराज ७ स्थित राजंगशालाको भर्‍याङ मुनीको एक घरबाट ठूलो परिणाममा सोमबार लागूऔषधसहित ५३ वर्षीय नारायण बहादुर कार्कीलाई  प्रहरीले पक्राउ गरेको हो । 

भर्‍याङ मुनी टहरामा बस्दै आएका कार्कीले लागूऔषध विक्रीवितरण गरि कारोबार गर्ने गरेका छन् भन्ने विषेश सूचनाको आधारमा उनको शरीर तथा घर कोठामा खानतलासी गर्दा लागूऔषध गोटी तथा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रहरीले कार्कीको कोठाबाट लुकाईछिपाई राखेको अवस्थामा क्याट लेखिएको झोला भित्र तथा ओछ्यान मुनिबाट स्पास्म प्रोक्सिभन प्लस ३८२ पिस क्याप्सुल, नाईट्राज्यापाम ट्याव्लेस आइपी १४९ पिस,नाईट्रोभेट -१०, १५४ पिस, विभिन्न कम्पनीका मोबाइल १३ सेट, सेतो कागजमा पुरिया बनाई राखेको लागूऔषध जस्तो देखिने पदार्थ ७९ पिस, ३११ ग्राम गाँजा,  दुई लाख ५० हजार ५ सय १० नेपाली र ६ हजार ३ सय ३० भारतीय रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो  । 

लागूऔषध सहित पक्राउ परेका कार्कीलाई सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।

   

You cannot copy content of this page