समाचार

सप्तरी प्रहरीद्वारा लाखौंको अबैध सामान बरामद 

कञ्चनरूप, ६ साउन । भारतबाट अबैध रुपमा नेपाल ल्याउँदै गरेको लाखौंको सामान सप्तरी प्रहरीले बरामद गरेको छ । प्रहरीले विभिन्न स्थानबाट मोटरसाइकलका पार्ट्स र किराना सामान गरि कुल १ लाख ४८ हजार ३ सय ७६ रुपैयाँ बराबरको सामानलाई नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा गत आइतबार हनुमाननगर कंकालिनी नगरपालिका-१ महेन्द्र राजमार्ग स्थित भारतबाट अबैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरि सामान ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि सामान सोही स्थानमा छाडी संलग्न ब्यक्ती फरार भएका थिए ।

बेवारिसे अवस्थामा रहेको बोरालाई चेकजाँच गर्दा सो बोरा भित्र विभिन्न किसिमका ८३ हजार ७६ रुपैयाँ बराबरको किराना सामानहरु फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी असार ३२ गते बेलुका सवाँ ८ बजेको समयमा प्रहरी चौकी चन्हीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बलान बिहुल गाउँपालिका-१ चन्ही स्थित चौकबाट भन्सार छली तथा चोरी पठारी गरि सामान ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि सामानलाई सोही स्थानमा राखी मानिस फरार भएको थियो ।

मानिस फरार भएपछि बेवारिसे अवस्थामा रहेको उक्त बोरालाई नियन्त्रणमा लिई खोली चेकजाँच गर्दा सो बोरा भित्र ६५ हजार ३ सय रुपैयाँ बराबरको विभिन्न कम्पनीका मोटरसाईकलका पार्ट्सहरु फेला परेको थियो ।

फेला रहेको उक्त सामानलाई आवश्यक कारबाहिको लागि मंगलबार भन्सार कार्यालय राजबिराजलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृत प्रहरी प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page