कञ्चनरूप, ७ साउन । सप्तरीमा बुधबार दिउँसो धान खेतमा मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित धानखेतमा अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ । हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।
स्थानीय बासिन्दाले खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घट्नाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकले मुस्लिम समुदायका व्यक्तिले लगाउने जस्तो लुगा लगाएका छन्। शवको पहिचान र मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

