समाचार

सप्तरी प्रहरीद्वारा डाँका चोरी तथा कर्तव्य ज्यान मुद्दाका दुई जना प्रतिवादी पक्राउ

कञ्चनरूप,०७ साउन । सप्तरी प्रहरीले डाँका चोरी तथा कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी खडक नगरपालिका ९ का मो. अख्तर भन्ने मो. अकतर र छिन्नमस्ता गाउँपालिका ३ का डाँका चोरी मुद्दाका प्रतिवादी सनोज कुमार यादव रहेको प्रहरीले जनाएको छ । 

सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा वारदात पश्चात् पछी फरार रहेका उनीहरूलाई खोजतलासको क्रममा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

जिल्ला अदालत राजविराजले कर्तव्य ज्यान मुद्दामा मो. अकतरलाई १ बर्ष कैद सजाय र डाँका चोरी मुद्दामा यादवलाई १ बर्ष १ महिना कैद र १ हजार रुपैया जरिवाना तोकेपछी उनीहरू फरार रहेका थिए ।  

पक्राउ  दुबै जनालाई बुधबार नै सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page